
मेष : ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला । खर्च लागे पनि लगानी गर्ने समय छ ।
वृष : चुनौती पन्छाएर काम सम्पन्न गर्न सकिनेछ । स्वास्थ्यमा सुधार आउनाले आराम मिल्नेछ ।
मिथुन : व्यापारलगायत आर्थिक लाभ हुने हुनेछ । महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ ।
कर्कट : आवेशमा निर्णय गर्दा सजग रहनुपर्ला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला ।
सिंह : दोहोर्याएर गर्दा रोकिएका काम पुरा हुनेछन् । कृषि व्यवसायबाट राम्रो आम्दानी हात पर्न थाल्नेछ ।
कन्या : बोली- व्यवहारमा सजग रहनुपर्ला । अरूका विषयमा चासो नलिएकै राम्रो हुनेछ ।
तुला : विवादास्पद जिम्मेवारी आउनसक्ने भएकाले सावधान रहनुपर्नेछ । प्रयत्न गर्दा अवसर पाइनेछ ।
वृश्चिक : आफन्तबाट टाढा भइनेछ । प्रयत्न गर्दा रमाइलो यात्राको साइत जुर्न सक्छ ।
धनु : आम्दानी भए पनि आकस्मिक खर्च हुनसक्छ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।
मकर : पुराना कामको चर्चा हुनेछ । साथीभाइको सहयोगले नयाँ काम गर्न हिम्मत दिलाउनेछ ।
कुम्भ : आजको मिहिनेतले पछिसम्म फाइदा हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
मीन : पहिलेको सफलताले नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । भौतिक साधनहरू जोड्ने समय छ ।