
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।
हाल देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा मुख्यतया सफा रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू- भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती पनि आंशिक देखि साधारणतया बदली रही देशका एक- दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
तराई क्षेत्रमा आंंशिक बदली रही एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।