काठमाडौं, वैशाख २ :
सर्वोच्च अदालतले काभ्रेको पाँचखाल नगरपालिकामा सञ्चालित इँटा भट्टाहरू बन्द गर्न आदेश दिएको छ ।
स्थानीयले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै दायर रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सारंगा सुवेदीको इजलासले मागबमोजिम हुने फैसला गरेको हो ।
पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्त्व विभाग लगायतलाई विपक्षी बनाइ स्थानीय र स्थानीय अभियन्ता श्रीकृष्ण धिमाललगायतले १४ पुस २०७६ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।
पाँचखाल किराँतकाल र लिच्छविकालदेखि नै धार्मिक र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण रहेकामा यस्ता उद्योगले पुरातात्त्विक वस्तुको नष्ट हुनेप्रति चिन्ता व्यक्त गर्दै स्थानीयहरु सर्वोच्च पुगेका हुन् । पाँचखालमा आठवटा इँटा भट्टा सञ्चालनमा छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ