काठमाडौं, वैशाख २ :

एक भारतीय नागरिक करिब सात किलो गाँजासहित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

 थाई एयरको उडानमार्फत बैंकक हुँदै नेपाल आएका २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन ६ किलो ९७० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

 उनी गएराति नेपाल आएका थिए । उनलाई थप अनुसन्धानका लागि लागुअषौध ब्युरो कोटेश्वर पठाइएको छ ।