बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सहकारी क्षेत्रको समस्या चाँडो टुंग्याउन राष्ट्रपतिको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ वैशाख, २०८२ मा प्रकाशित
सहकारी क्षेत्रको समस्या चाँडो टुंग्याउन राष्ट्रपतिको निर्देशन
काठमाडौं, वैशाख २ :

राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याबारे चासो देखाएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसँगको भेटमा सहकारी समस्याबारे चासो व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सहकारीका साना बचतकर्ताको रकम फिर्ताका सम्बन्धमा  सरकार गम्भीर भएर लाग्न निर्देशन दिएका थिए ।

त्यस अवसरमा मन्त्री अधिकारीले केन्द्रीयस्तरमा दर्ता भएका ४७ मध्ये २३ वटा सहकारीलाई संकटग्रस्त घोषणा गरी तदारुकताका साथ काम भइरहेको र ३ वटा सहकारीको समस्या समाधान गरिसकेको तथा बाँकी सहकारीको समस्या समाधानका लागि सरकारले काम गरिरहेको जानकारी गराएका थिए ।

लामो समयदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार