बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार बागमती प्रदेश भिडियो

सुजन बाग श्रेष्ठले तेस्रोपटक जिब्रो छेडाए [भिडियोसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ वैशाख, २०८२ मा प्रकाशित
सुजन बाग श्रेष्ठले तेस्रोपटक जिब्रो छेडाए [भिडियोसहित]
मध्यपुरथिमी, वैशाख २ :

भक्तपुरको मध्यपुरथिमी नगरपालिका बोडेमा मंगलबार प्राचीन र मौलिक जात्रा ‘जिब्रो छेड्ने जात्रा’ परम्परागत विधिअनुसार धुमधामका मनाइएको छ ।

यस वर्ष २८ वर्षीय स्थानीय युवा सुजन बाग श्रेष्ठले तेस्रोपटक जिब्रो छेड्दै जात्रालाई निरन्तरता दिएका हुन् ।

उनी यसअघि दुईपटक जिब्रो छेड्ने जात्रामा सहभागी भइसकेका छन् । उनी यस जात्रामा नवौँपटक सहभागी भएका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले २०६२ देखि २०६५ सम्म लगातार चार वर्ष र पछि २०७३ सालदेखि फेरि जिम्मेवारी सम्हालेका थिए ।

जात्राको दिन बिहानै नाइकेहरूले विभिन्न देवगणको पूजापाठ गरेपछि पाँचो गणेश मन्दिर प्राङ्गणस्थित मञ्चमा करिब ११ इन्च लामो तेलमा डुबाइएको सुइरो प्रयोग गरी सुजनको जिब्रो छेडिएको हो । जिब्रो छेड्नुअघि तीन दिनसम्म उनले शुद्ध भई निराहार व्रत बस्ने परम्परा पूरा गरेका थिए ।

बोडेको यो अनौठो र मौलिक परम्परालाई निरन्तरता दिँदै सुजन बाग श्रेष्ठले आफ्नो साहस, विश्वास र संस्कृतिप्रतिको आस्था पुनः प्रमाणित गरेका छन्। यस जात्रालाई जगेर्ना गर्दै स्थानीयहरू प्रत्येक वर्ष नयाँ वर्षको वैशाख २ गते धुमधामका साथ मनाउने गर्छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार