सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
खेलकुद

अन्तर्राष्ट्रिय जुडो बिहीबारदेखि, २५० खेलाडी सहभागी हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ वैशाख, २०८२ मा प्रकाशित
अन्तर्राष्ट्रिय जुडो बिहीबारदेखि, २५० खेलाडी सहभागी हुने
काठमाडौं, वैशाख २ :

नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, भुटान र थाइल्यान्डका २५० खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय जुडो संघ नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जानकारी गराए । पुरुषमा १२ र महिलामा ११ स्पर्धामा २१ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । वैशाख ४ गते ११ तथा वैशाख ५ गते १२ स्पर्धाको फाइनल हुनेछ ।

सोही प्रतियोगिताका दौरान नेकोस र राष्ट्रिय जुडो संघसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघको संयुक्त आयोजनामा प्रथम पारा जुडो प्रतियोगिता पनि हुनेछ । पुरुषमा ६० केजीमुनि तथा महिलामा ५२ केजीमुनि तौलसमूहमा खेल खेलाइनेछ ।

यसै प्रतियोगितामा समावेश स्पर्धाबाट जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने अध्यक्ष श्रेष्ठले बताए । दुईदिने प्रतियोगिताका खेलहरु खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा खेलाइनेछ ।

पत्रकार सम्मेलनमा २००८ को बेइजिङदेखि २०२० को टोकियासम्म लगातार चार ओलम्पिक खेलेकी तथा विश्व जुडो च्याम्पियनसिपमा २ कास्य जितेकी अस्ट्रियाकी सब्रिना फिल्मोसरको पनि उपस्थिति थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार