
मेष : धर्मकर्म र समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले अवसर प्राप्त हुनेछ ।
वृष : नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अधुरा काम पुरा हुनेछन् ।
मिथुन : मन शान्त रहनेछ । टाढा रहेका साथीभाइहरूसँग अकस्मात् भेटघाट हुनेछ ।
कर्कट : धेरै समयपछि काममा सफलता हात पर्नेछ । विश्वासपात्रसँग सबै कुरा नखोलेको राम्रो ।
सिंह : आफ्नै दक्षताले रोकिएका काम सम्पन्न हुनेछन् । वैदेशिक रोजगारीका लागि यात्रा अघि बढ्नेछ ।
कन्या : समुहमा गरेको व्यापार व्यवसायबाट लाभ मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
तुला : अभिभावकको सल्लाहमा नयाँ काम गर्ने जाँगर चल्नेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुपर्नेछ ।
वृश्चिक : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ला ।
धनु : अर्काको सल्लाह मान्दा झन्झटिलो काममा संलग्न हुनुपर्ला । रमणीय यात्राको योग छ ।
मकर : परोपकारजन्य कार्यमा सहभागी भइनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहनेछ ।
कुम्भ : आस मारिसकेको काम बन्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
मीन : सामाजिक र कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ ।