आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

देशभरको मौसम धुम्म, पहाडी भू- भागमा चट्याङ्गसहित हल्का वर्षा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ वैशाख, २०८२ मा प्रकाशित
देशभरको मौसम धुम्म, पहाडी भू- भागमा चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ, वैशाख ३ :

देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ।  

हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू- भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।

कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू- भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । 

देशका पहाडी भू- भागका थोरै स्थानहरू र बाँकी भू- भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, राती  कोशी प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । 

कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू- भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका  एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार