बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति शिक्षा

शिक्षकहरुलाई आन्दोलन स्थगन गरी काममा फर्कन सरकारको आग्रह

शिक्षक महासङ्घले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ वैशाख, २०८२ मा प्रकाशित
शिक्षकहरुलाई आन्दोलन स्थगन गरी काममा फर्कन सरकारको आग्रह
काठमाडौं, वैशाख ३ :

सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार राति बसेको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसईईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोध प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन अनुरोध गरेको हो । 

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताइन् ।
 
मन्त्री भट्टराईले नेपाल शिक्षक महासङ्घले उठाएका मागहरु सम्बोधन गर्न सरकार संवेदनशील रहेको त्यसका निम्ति निरन्तर संवादमा रहेको बताइन् ।

यो पनि…

वैशाख १२ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार