मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

वैशाख १२ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

शिक्षकका माग सम्बोधन गरिने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २ वैशाख, २०८२ मा प्रकाशित
वैशाख १२ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष  सिफारिस गर्ने निर्णय
काठमाडाैं, वैशाख २ :

सरकारले संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आउँदो वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी संघीय संसद्को अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक लगायतका विषय पारित गर्न अधिवेशन बोलाउने निर्णय गरिएको जानकारी दिइन्।

‘संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गरिनेछ,’ मन्त्री भट्टराईले भनिन्।’

हाल काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गर्दै आएका छन्। उनीहरूले संसद्को विशेष वा बजेट अधिवेशन आह्वान गरेर भए पनि विधेयक पारित गर्न सरकारलाई आग्रह गर्दै आएका छन्।

सरकारको तर्फबाट अधिवेशनको सिफारिससँगै विधेयक पारित प्रक्रिया अगाडि बढ्ने संकेत देखिएको छ। आन्दोलनरत शिक्षकहरू विद्यालय शिक्षा ऐन समयानुकूल बनाउन, पुराना सम्झौता कार्यान्वयन गर्न र शिक्षामा सुधारका माग राख्दै काठमाडौंमा १३ दिनदेखि आन्दोलनमा छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार