मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार कृषि

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन कृषकलाई कृषि विकास कार्यालयको आग्रह

सक्रिय न्युज · १९ मिनेट अगाडि प्रकाशित
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउन कृषकलाई कृषि विकास कार्यालयको आग्रह
काठमाडौं, कात्तिक १० :

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ ।

कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचनामा यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । वर्षाबाट धानबालीमा क्षति हुन नदिन विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

पाकिसकेको धान मौसमको अवस्था हेरेर आजसम्म भित्र्याइसक्न वा कात्तिक १५ गतेपछि मात्र काट्न कार्यालयले सुझाएको छ । तत्काल भित्र्याउन नसकिने धान भने मौसममा सुधार आएपछि मात्र काट्ने गरी समय मिलाउन कृषकलाई आग्रह गरिएको छ ।

धान नपाकेका खेतमा कुलो वा नाली काटेर तत्काल पानी निकासको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ । हावाहुरी वा पानीका कारण धान ढलेको भए बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउने वा अग्लो ठाउँमा राख्ने प्रयास गर्न कार्यालयले कृषकलाई आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार