मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

सक्रिय न्युज · १ दिन अगाडि प्रकाशित
प्रतीकात्मक तस्बिर
काठमाडौं, कात्तिक ९ :

दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला परेका छन् ।

भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् । नाताले दिदी बहिनी पर्ने उनीहरू दुवै जना जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलका अनुसार दुवै बालिका गएराति एउटै घरमा सुतेका थिए । राति घरबाट निस्किएका उनीहरू बिहान घर भन्दा केही टाढा रहेको जङ्गलमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी टोली खटाइएको र घटना बारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायलले जानकारी दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार