मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार खेलकुद फुटबल

ह्यारी केनले जिते बालोन डी ओर, २००१ पछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी

सक्रिय न्युज · २१ मिनेट अगाडि प्रकाशित
ह्यारी केनले जिते बालोन डी ओर, २००१ पछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी
काठमाडौं, कात्तिक १० :

लन्डनमा आयोजित एक समारोहमा बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन विश्वकै उत्कृष्ट फुटबल खेलाडी घोषित हुँदै बालोन डीओर अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। सन् २००१ मा माइकल ओवेनले यो अवार्ड जितेका केनले पहिलोपटक इंग्ल्यान्डका लागि यो उपलब्धि हासिल गरेका हुन्।

३३ वर्षीय केन बालोन डी ओर जित्ने समग्रमा पाँचौँ इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले सन् १९६६ तथा केभिन किगनले सन् १९७८ र १९७९ मा यो अवार्ड जितेका थिए।

बेलायतबाट स्कटल्यान्डका डेनिस ल (सन् १९६४) र उत्तरी आयरल्यान्डका जर्ज बेस्ट (सन् १९६८) ले पनि यो अवार्ड जितिसकेका छन्।

बालोन डी ओरको दौडमा रियल म्याड्रिड तथा फ्रान्सका फरवार्ड किलियन एम्बाप्पे दोस्रो र बार्सिलोना तथा स्पेनका युवा खेलाडी लामिन यामल तेस्रो स्थानमा रहे।

अवार्ड जितेपछि केनले डाजएनसँग भने, “धेरै मानिसले यस्तो होला भनेर सोचेका थिएनन्, सायद मैले पनि आफू यति अगाडि पुग्छु भनेर सोचेको थिइनँ।”

उनले आफ्नो करियरको सुरुवाती चरणमा धेरै उतारचढाव सामना गर्नुपरेको बताए। “म अहिलेका केही खेलाडीहरूजस्तो सुरुदेखि नै सुपरस्टार बन्ने अपेक्षा गरिएको व्यक्ति थिइनँ। मैले आफ्नो समय कुर्नुपर्‍यो र कडा मेहनत गर्नुपर्‍यो।”

केनले थपे, “धेरैपटक मेरो संघर्ष आफ्नै मनसँग थियो। त्यसलाई पार गर्न आत्मविश्वास र दृढता देखाउनुपर्‍यो। मलाई लाग्छ, यही अनुभवले उच्च स्तरमा पुगेपछि पनि निरन्तर सुधार गर्न र अझ राम्रो बन्न प्रेरित गर्‍यो।”

इंग्ल्यान्डका प्रशिक्षक थोमस टुकेलले केनले अवार्ड जितेकोमा खुसी व्यक्त गर्दै यसलाई ठूलो सम्मानको उपलब्धि बताएका छन्।

त्यस्तै, बेलायती राजकुमार विलियमले पूर्वटोटनह्याम हटस्पर खेलाडी केनलाई ‘उत्कृष्ट कप्तान’ र ‘असाधारण खेलाडी’ को संज्ञा दिएका छन्।

गत सिजन केनले क्लबका लागि ५१ खेलमा ६१ गोल गरेका थिए। यो बायर्न म्युनिखका कुनै पनि खेलाडीले एक सिजनमा गरेको सर्वाधिक गोलको कीर्तिमान हो। इंग्ल्यान्ड राष्ट्रिय टोलीका खेलसमेत जोड्दा उनले ६५ खेलमा ७३ गोल र आठ असिस्ट गरेका थिए।

युरोपका शीर्ष पाँच लिगमा आबद्ध क्लबका लागि एकै सिजनमा उनीभन्दा बढी गोल गर्ने खेलाडी इतिहासमा एक जना मात्रै छन्।

रोचक कुरा, गत सिजन विश्व फुटबलका दुई ठूला उपाधि विश्वकप र च्याम्पियन्स लिगमध्ये कुनै पनि जित्न नसके पनि केनले बालोन डी ओर जितेका हुन्। उनी दुवै प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका थिए।

यस उपलब्धिसँगै केन सन् १९८१ मा कार्ल–हाइन्ज रुमेनिगेपछि बालोन डी ओर जित्ने बायर्न म्युनिखका पहिलो खेलाडी बनेका छन्।

केनको सफलताको खुसीयालीमा सोमबार राति लन्डनस्थित वेम्बली रंगशालाका आर्चहरू सुनौलो प्रकाशले झिलिमिली पारिएका थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार