सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति चाँडै हुने बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले गभर्नर नियुक्तिको विषयमा प्रमुख दलहरूबीच सहमति भइसकेको जानकारी दिए ।
उनले मुलुकको समग्र अर्थतन्त्र सुधार गर्ने क्षमताका व्यक्ति गभर्नर बनाउनुपर्ने भएकाले ढिलाइ भएको स्पष्ट पारे । ‘गभर्नर नियुक्तिको विषय सबै दलको चासोको विषय बन्नु अस्वाभाविक होइन,’ मन्त्री गुरुङले भने, ‘हिजो प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भइसकेको छ । अब संयन्त्रको बैठक बस्नेछ, र त्यसले आवश्यक नीतिगत मार्गनिर्देशन गर्ने विश्वास छ ।’
उनका अनुसार नयाँ गभर्नर नियुक्तिसँगै राष्ट्र बैंक नेतृत्वको अन्योल चाँडै अन्त्य हुने अपेक्षा गरिएको छ । त्यस्तै, मन्त्री गुरुङले सरकारले शिक्षकका जायज मागप्रति पनि गम्भीर ध्यान दिएको बताए । उनले शिक्षासम्बन्धी मागहरू सम्बोधन गर्न सरकारले संघीय संसद्को बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको जानकारी दिए । ‘शिक्षकको मुद्दा गम्भीर छ । सरकार संवेदनशील छ, समाधानका लागि प्रक्रिया अगाडि बढिसकेको छ,’ मन्त्री गुरुङको भनाइ थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
राष्ट्रपति पौडेलले गुरू पुरोहितको हातबाट शुभ साइतमा टीका ग्रहण गर्ने
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री