
काठमाडौं, वैशाख ३ :
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित कार्यदलको बैठक बसिरहेको छ।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटना, सत्ता गठबन्धमा देखिएको आशंका, सडक आन्दोलनमा रहेका शिक्षकहरूको मागबारे छलफल भइरहेको बताइएको छ।
कार्यदलमा कांग्रेसको उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् भने एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक पनि बालुवाटारमै बस्ने बुझिएको छ ।