काठमाडौँ, वैशाख ४ :

 

मेष : सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । काममा गरेको श्रमले राम्रो मूल्य प्राप्त हुनेछ ।

वृष : नयाँ कामका लागि साथीभाइको सहयोग जुट्नेछ । ज्ञानसँगै जीवनशैली आनन्दमय रहनेछ ।

मिथुन : अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । 

कर्कट : व्यवसायका क्रममा रमाइलो यात्रामा निस्कने समय छ । प्रियजनबाट विशेष उपहार प्राप्त होला । 

सिंह : प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । सोखले नयाँ सवारी साधन जुटाउन प्रेरित गर्नेछ ।

कन्या : व्यापारमा विशेष फाइदा हुने समय छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । 

तुला : अध्ययनसँगै नयाँ काम प्रारम्भ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ ।

वृश्चिक : रमाइलो जमघटका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिबाट तारिफ पाइनेछ । 

धनु : अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । देश- विदेशको यात्रा गर्ने अवसर मिल्ने ।

मकर : प्रयत्न गर्दा राम्रो उपलब्धि हात लाग्नेछ । रोकिएको काम बन्नुका साथै जिम्मेवारी बढ्न सक्छ । 

कुम्भ : श्रमको उचित मूल्याङ्कन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । 

मीन : रचनात्मक काममा जुट्ने समय छ । व्यवसायमा विशेष फाइदा हुने दिन छ ।