
मकवानपुर, वैशाख ४ :
मकवानपुरमा मनहरी गाउँपालिका- ६ स्थित सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना भन्दा बढि घाइते भएका छन् ।
पूर्व- पश्चिम राजमार्गअन्तर्गत सुनाचुरी चौकीबाट करिब ५०० मिटर पश्चिमतर्फ आज (बिहीबार) बिहान करिब ५ बजे इटहरीबाट भैरहवा जाँदै गरेको लु.२ ख ५९९ नम्बरको बस सडकबाट तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी चितवनतर्फ उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार बसको स्टेरिङ लक भएर नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
