बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन #‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन
विदेश

ट्रम्पको करवृद्धिले यस वर्ष विश्वव्यापी व्यापारमा ठुलो गिरावट आउने : डब्ल्यूटीओ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ वैशाख, २०८२ मा प्रकाशित
ट्रम्पको करवृद्धिले यस वर्ष विश्वव्यापी व्यापारमा ठुलो गिरावट आउने : डब्ल्यूटीओ
काठमाडौँ, वैशाख ४ :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिका कारण यस वर्ष विश्वव्यापी व्यापारमा गिरावट आउने विश्व व्यापार संगठनले जनाएको छ।

पारस्परिक भन्सार र राजनीतिक अनिश्चितता जस्ता प्रमुख समस्याहरू बढेमा विश्वभर सामानको व्यापार अझ घट्न सक्ने संगठनले उल्लेख गरेको छ।

डब्ल्यूटीओले गिरावट विशेष गरी उत्तर अमेरिकामा नै तीव्र हुने र जहाँ व्यापार दशांश भन्दा बढीले घट्ने अपेक्षा गरिएको जनाएको छ।

विश्व व्यापार संगठनका महानिर्देशक न्गोजी इकोन्जो- इवेलाले संयुक्त राज्य अमेरिका र चीन बीचको भिन्नता एउटा यस्तो विकास भएको बताए जुन मेरो लागि साँच्चै चिन्ताजनक छ।

यस संस्थाले पहिले २०२५ मा विश्वव्यापी सामान व्यापार २.७ प्रतिशतले बढ्ने अनुमान गरेको थियो, तर अब यो ०.२ प्रतिशतले घट्ने अनुमान गरेको छ।

अमेरिकाले चीनमाथिको भन्सार शुल्क १४५ प्रतिशतसम्म बढाएको थियो भने अन्य देशहरूलाई ९० दिनको अस्थायी छुट दिएको थियो र पारस्परिक भन्सार शुल्कलाई समान रूपमा १० प्रतिशत घटाएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार