
काठमाडौं, वैशाख ४ :
सुनको मूल्य तोलाको एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बुधबार र मंगलबार प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ३६ सय रुपैयाँले बढ्दै एक लाख ९० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको १९ सय ६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार ९६० कायम भएको हो ।