
साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंकले बढेको छ । योसँगै नेप्से २७२२.७३ विन्दुमा पुगेको छ । आजको दिनमा नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ६.३९ अंकले बढेर ४५८.२२ अंकमा पुगेको छ ।
आज बिहीबार ३११ कम्पनीका २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर किनबेच भए । जसअनुसार १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २ सय ८२ रुपैयाँबराबरको कारोबार भयो । अघिल्लो दिन (बुधबार) भने ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २ सय ४१ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा व्यापार समूहको सूचक ६.९५ अंकले घटेर बाँकी सबै समूहहरुको सूचक बढेका छन् । वाणिज्य बैंक समूहको सूचक १५.६३ अंकले बढेर १,३८२.७५ अंकमा पुगेको छ । विकास बैंक समूहको सूचक ७६.१६ अंकले बढेर ५,६७७.३२ अंकमा पुगेको छ ।
फाइनान्स समूहको सूचक १८.४५ अंकले बढेर २,५६७.३१ अंकमा पुगेको छ । जलविद्युत् समूहको सूचक ४०.१४ अंकले बढेर ३,५७७.६६ अंकमा पुगेको छ । जीवन बिमा समूहको सूचक ११२.०७ अंकले बढेर १३,४१६.७६ अंकमा पुगेको छ । निर्जीवन बिमा समूहको सूचक १२०.४० अंकले बढेर १२,५९५.३५ अंकमा पुगेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा नेसनल माइक्रो इन्स्योरेन्स लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा एनआईसी एसिया डिबेन्चर २०८५ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने हिमालयन पावर पार्टनर लिमिटेड परेको छ । कम्पनीको १ अर्ब ५८ करोड २५ लाख ११ हजार ७०५ रुपैयाँको कारोबार भएको छ । योसँगै हिमालयन पावरको सेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँ पुगेको छ ।