काठमाडौं, वैशाख ५ :

 

मेष : मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट पनि अलि फुर्सद पाइनेछ ।

वृष : व्यवसायले मनग्ये आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हात लाग्नेछ ।

मिथुन :  परिवारजनको साथले नयाँ आशा जगाउनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कर्कट : रमाइलो यात्रा गर्ने साइत जुर्नेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त होला ।

सिंह : प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । टाढिएका साथीभाइसँग भेटघाट हुने समय छ ।

कन्या : अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । व्यापारमा विशेष फाइदा हुने समय छ ।

तुला : शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ ।

वृश्चिक : प्रयत्न गर्दा राम्रो उपलब्धि हात लाग्नेछ । बौद्धिक अभिव्यक्तिबाट तारिफ पाइनेछ ।

धनु :  देश-विदेशको यात्रा गर्ने अवसर मिल्नेछ । हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ ।

मकर : रोकिएको काम बन्नुका साथै जिम्मेवारी बढ्न सक्छ । रमाइलो जमघटका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ ।

कुम्भ :  मिहिनेतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ ।

मीन : रचनात्मक काममा जुट्ने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ ।