आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

आन्दोलन जारी राख्ने शिक्षक महासंघको निर्णय, सभामुखको भनाइले सशंकित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ वैशाख, २०८२ मा प्रकाशित
आन्दोलन जारी राख्ने शिक्षक महासंघको निर्णय, सभामुखको भनाइले सशंकित
फाइल तस्बिर।
काठमाडौं, वैशाख ४ :

सरकारले माग सम्बोधन गर्ने छाँटकाँट नदेखेपछि  नेपाल शिक्षक महासंघले आन्दोलन जारी राख्ने भएको छ ।

ऐन जारी गर्ने विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गर्न बाध्य भएको महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । यद्यपि सरकारले वैशाख १२ गते संसदको बर्खे अधिवेशन बोलाएको छ ।

सभामुख देवराज घिमिरेले यो अधिवेशनमा शिक्षा विधेयक टेबल गर्न नसकिने कुरा व्यक्त गरेपछि महासंघ सशंकित बनेको हो । शिक्षकहरूले  १६ दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् । गत चैत २० गतेदेखि उनीहरुले आन्दोलन थालेका हुन् । यो अवधिमा सरकारसँग दुई पटक वार्ता भए पनि खासै उपलब्धि भने हुन सकेन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार