
फाइल तस्बिर।
काठमाडौं, वैशाख ४ :
सरकारले माग सम्बोधन गर्ने छाँटकाँट नदेखेपछि नेपाल शिक्षक महासंघले आन्दोलन जारी राख्ने भएको छ ।
ऐन जारी गर्ने विश्वासिलो आधार सरकारले नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गर्न बाध्य भएको महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । यद्यपि सरकारले वैशाख १२ गते संसदको बर्खे अधिवेशन बोलाएको छ ।
सभामुख देवराज घिमिरेले यो अधिवेशनमा शिक्षा विधेयक टेबल गर्न नसकिने कुरा व्यक्त गरेपछि महासंघ सशंकित बनेको हो । शिक्षकहरूले १६ दिनदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् । गत चैत २० गतेदेखि उनीहरुले आन्दोलन थालेका हुन् । यो अवधिमा सरकारसँग दुई पटक वार्ता भए पनि खासै उपलब्धि भने हुन सकेन ।