काठमाडौं, वैशाख ६ :

 

मेष : तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ ।

वृष : सोखले थालिएको काम व्यवसायमा रूपान्तरित हुनेछ । मिहिनेतीलाई कार्यसिद्धिको समय छ ।

मिथुन : कर्मयोगले नाम र दाम दिलाउनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कर्कट : परिवारजनको साथले नयाँ आशा जगाउनेछ । व्यापारमा विशेष फाइदा हुने समय छ ।

सिंह : रचनात्मक काममा जुट्ने समय छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

कन्या : धेरै आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला ।

तुला : आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ ।

वृश्चिक : व्यापारमा राम्रै फड्को मार्ने समय छ । हिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ ।

धनु :  रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ ।

मकर : देश-विदेशको यात्रा गर्ने अवसर मिल्नेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ ।

कुम्भ : मिहिनेतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ । रमाइलो जमघटका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ ।

मीन :  श्रमको उचित मूल्यांकन हुनेछ । टाढिएका साथीभाइसँग भेटघाट हुने समय छ ।