सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
खेलकुद

नेकोस अन्तर्राष्ट्रिय जुडोमा पाम लगातार सातौंपटक च्याम्पियन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ वैशाख, २०८२ मा प्रकाशित
नेकोस अन्तर्राष्ट्रिय जुडोमा पाम लगातार सातौंपटक च्याम्पियन
काठमाडौं, वैशाख ५ :

बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

पामले विगतका ६ संस्करणको पनि उपाधि पनि जितेको थियो । २२ स्पर्धा समावेश सातौं संस्करणमा पाम सर्वाधिक ११ स्वर्ण, ४ रजत र ४ कास्य जित्दै च्याम्पियन बन्यो हो । पहिलो दिन ७ स्वर्ण जितेको पामले दोश्रो दिन ४ स्वर्ण थप्यो ।

नेपाल खेलकुद महासंघ (नेकोस) तथा राष्ट्रिय जुडो संघ नेपालको संयुक्त आयोजनामा भएको प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) दोस्रो भयो । एमएमएसीले ३ स्वर्ण, ५ रजत र ४ कास्य हात पार्‍यो । तेस्रो स्थानको भुटानले २ स्वर्ण, ३ रजत र २ कास्य प्राप्त गर्‍यो । बाँके र एपीएफले समान २-२ तथा दाङ र रुसले समान १-१ स्वर्ण जिते । पुरुषमा एमएमएसीका सदिन तामाङ तथा महिलामा पामकी कृष्णा महतरा उत्कृष्ट खेलाडी घोषित भए ।

खुशिबुँस्थित एमएमएसीको हलमा भएको प्रतियोगिताअन्तर्गत पुरुष २० केजीमुनि विष्णु गिरी, २५ केजीमुनि अस्विन तामाङ, ३५ केजीमुनि बविन कुमाल दियाली, ५५ केजीमुनि दीपेश गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली र ५० केजीमुनि सुरज समलले पामलाई स्वर्ण दिलाए । पामका लागि महिला २८ केजीमुनि कृष्णा महतरा, ४४ केजीमुनि समिता नेपाली, ५२ केजीमुनि विनिता नेपाली, ३२ केजीमुनि शशिकला थापा मगर र ४८ केजीमुनि रमा समलले स्वर्ण जिते ।

एमएमएसीका सुवास विकले पुरुष ३० केजीमुनि, सदिन तामाङले पुरुष ४० केजीमुनि र सरस्था नापितले महिला ५७ केजीमुनि पहिलो स्थान हात पारे । भुटानका तेन्जिन दोर्जीले पुरुष ७३ केजीमाथि तथा किन्जाङ डेकीले महिला ६३ केजीमाथि स्वर्ण चुमे । बाँकेकी खिमा रोकाले महिला ३६ केजीमुनि तथा कविता बुढाथोकीले महिला ४१ केजीमुनि स्वर्ण प्राप्त गरे । एपीएफका विशेष विकले पुरुष ६६ केजीमुनि तथा रेखा श्रेष्ठले महिला ६३ केजीमुनि शीर्ष स्थान हात पारे ।

त्यस्तै पुरुष ७३ केजीमुनि दाङका पारस रोका मगर तथा ४५ केजीमुनि रुसका डेविड मगोमेदोबले स्वर्ण हात पारे ।

विजेतालाई पूर्वयुवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी, आयोजक राष्ट्रिय जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आयोजकका अनुसार दुईदिने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला÷क्लब, रुस, भुटान, फ्रान्स, काजाकिस्तान र भारतका २१ वर्षमुनिका २ सय ८ खेलाडी सहभागी थिए ।

समापनका अवसरमा प्रतियोगितामा सहभागी नेपालका २० टिमलाई ५ थानका दरले गि प्रदान गरिएको थियो । करिब ४ लाख रुपैयाँ बराबरको गि प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार