रुपन्देही, वैशाख ६ :

बुटवल उपमहानगरपालिका–११, बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ।

शनिबार बिहान करिब ९:३० बजेतिर बुद्धनगरस्थित आफ्नो निवास बाहिर रहँदा टीका विष्टमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए । पाल्पाको रैनादेवी छहरा गाउँपालिका स्थायी घर भएकी  विष्ट हाल बुद्धनगरमा बस्दै आएकी थिइन्।

गोली लागेर सख्त घाइते भएकी विष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  गोली प्रहार कसले र किन गरेको भन्नेबारे यकिन जानकारी नआएको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी रानाले जानकारी दिए।