काठमाडौं, वैशाख ७ :

 

मेष : गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ । आफन्त तथा जीवनसाथीको साथ पाइने हुनाले मन प्रशन्न हुनेछ ।

वृष : समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ ।

मिथुन :  उच्च शिक्षाको लागि लामो दुरीको यात्रा हुनेछ । व्यापारमा विशेष फाइदा हुने समय छ ।

कर्कट : व्यापारबाट मनग्गे आम्दानी गर्न सकिनेछ । घरायसी सुख सुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ ।

सिंह : अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । पढाइ-लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साथीभाइबाट बधाई आउनेछ ।

कन्या : रमाइलो जमघटका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ ।

तुला : देश-विदेशको यात्रा गर्ने अवसर मिल्नेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ ।

वृश्चिक : मिहिनेतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ । प्रेम प्रसंगमा रमाउन चाहनेका लागि समयले साथ दिनेछ ।

धनु :  आफन्त तथा सन्तानबाट तपाईंको काममा विशेष सहयोग प्राप्त हुनेछ ।  प्रेममा सफलता मिल्नेछ ।

मकर :  पढाइकै शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।  टाढिएका साथीभाइसँग भेटघाट हुने समय छ ।

कुम्भ : पुराना समस्या समाधान गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् ।

मीन :  पारिवारिक जमघट भई मीठो-मसिनो खाने अवसर जुर्नेछ । प्रेमले सकारात्मक मोड लिनेछ ।