आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

बैंकक जाँदै परराष्ट्रमन्त्री राणा, यूएनस्केपको अध्यक्षता गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ वैशाख, २०८२ मा प्रकाशित
बैंकक जाँदै परराष्ट्रमन्त्री राणा, यूएनस्केपको अध्यक्षता गर्ने
काठमाडौं, वैशाख ७ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (आइतबार) थाइल्यान्डको बैंकक जाँदै छिन् ।

यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक (यूएनस्केप) को ८१औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेको राणाको सचिवालयले जनाएको छ ।

नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेकाले परराष्ट्रमन्त्री राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका छ । सो सत्रलाई राणाले नेपालका तर्फबाट सम्बोधन गर्नेछिन् ।

यस सत्रको विषय वस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । सो सत्रमा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ । बैंकक भ्रमण सकेर परराष्ट्रमन्त्री राणा अप्रिल २५ मा स्वदेश फर्किने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार