काठमाडौं, वैशाख ७ :

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा आइतबार हल्का वर्षा र हिमपातको सम्भावना छ । अहिले देशमा मुख्यत: स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव छ ।

कोसी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणत: बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

महाशाखाका अनुसार आइतबार राति भने कोसी प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोसी प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।