
मेष : सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ ।
वृष : तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ ।
मिथुन : रमाइलो जमघटका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् ।
कर्कट : मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ ।
सिंह : दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ ।
कन्या : आफन्त तथा सन्तानबाट तपाईंको काममा विशेष सहयोग प्राप्त हुनेछ । टाढिएका साथीभाइसँग भेटघाट हुने समय छ ।
तुला : प्रेममा सफलता मिल्नेछ । प्रेमले सकारात्मक मोड लिनेछ ।
वृश्चिक : पुराना समस्या समाधान गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ ।
धनु : समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
मकर : विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।
कुम्भ : बोलीका भरमा काम सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् ।
मीन : रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । पारिवारिक जमघट भई मीठो-मसिनो खाने अवसर जुर्नेछ ।