काठमाडौं, वैशाख ८ :

संखुवासभाको मकालु गाउँपालिकाका पूर्वअध्यक्ष तेजबहादुर पोख्रेल नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पोख्रेललाई पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरे ।

पूर्वअध्यक्ष पोख्रेलको आगमनले माओवादी केन्द्रलाई संखुवासभा क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ । पार्टीमा स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति रहेको दाहालको सचिवालयले जनाएको छ ।