
मेष : स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ ।
वृष : प्रेममा सफलता मिल्नेछ । टाढिएका साथीभाइसँग भेटघाट हुने समय छ ।
मिथुन : आम्दानीका स्रोत पनि बढ्नेछन् । भौतिक साधन जुट्नाले पेसा-व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ ।
कर्कट : अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ ।
सिंह : घुमफिर तथा मनोरञ्जनको समय छ । नयाँ कामको प्रस्ताव आउनेछ ।
कन्या : रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् ।
तुला : व्यापार बढ्नाले मनग्य लाभ हुनेछ । उठ्नुपर्ने रकम हात लाग्नेछ ।
वृश्चिक : आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ ।
धनु : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
मकर : अध्ययनमा प्रगति हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ ।
कुम्भ : पुराना समस्या समाधान गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । सुखद समाचारले उत्साह जगाउनेछ ।
मीन : दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।