
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ७.७५ अंकले घटेको छ । २,६९८.२८ विन्दुमा रोकिएको सेयर बजारमा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २९३ रुपैयाँबराबरको कारोबार भयो ।
सोमबार ३१९ कम्पनीको ७८ हजार ६ सय ७८ पटक खरिदबिक्रीमा २ करोड १२ लाख ३ हजार ७ सय ६६ कित्ता सेयर किनबेच भए ।
जसमा सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशत कमाए । यसबाहेक क्रेस्ट माइक्रो लाइफका सेयरधनीले ९.९९ प्रतिशत नै कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८८ प्रतिशत प्रतिसेयर आम्दानी गरे । त्यसैगरी युनिभर्सल पावर कम्पनी र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले क्रमशः ९.८० र ९.०७ प्रतिशत कमाएका छन् ।
गुडबिल फाइनान्सको डिबेन्चरले भने सोमबार ७.७५ प्रतिशतले घाटा बेहोर्नुपर्यो । एनएमबी हाइब्रिड फन्डका लगानीकर्ताले पनि ७.७० प्रतिशतले घाटा बेहोरे ।
सोमबार ङादी ग्रुप पावरको ५३ करोड, युनिभर्सल पावरको ५२ करोड, हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्टको ४३ करोड, हिमालयन पावर पार्टनरको ३५ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३१ करोडको कारोबार भएको छ ।