
काठमाडौं, वैशाख ९ :
अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको छ ।
त्यसको असर स्थानीय बजारमा पनि परेको छ । आज (मंगलबार) एक तोला सुनको मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा ६ हजार ९०० ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।