काठमाडौं, वैशाख ९ :

साताको तेस्रो कारोबार दिन मंगलबार ९.९६ अंकले घटेर नेप्से २,६८८.३२ विन्दुमा रोकिएको छ ।

३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता कित्ता सेयर कारोबार भएको छ । जसकारण सेयर बजारमा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँको कारोबार भयो ।

आजको दिनमा नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा भने नकारात्मक सर्किट लागेको छ । १३ मध्ये ३ समूहको सूचक बढ्दा बाँकी सबै राताम्मे भएका छन् ।

मंगलबार ङादी ग्रुप पावरको ४४ करोड ६० लाख ३७ हजार ९४६ रुपैयाँबराबरको कारोबार भएको छ । यो आजको सर्वाधिक कारोबार हो ।