बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह #कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह
समाचार शिक्षा

कक्षा १२ को परीक्षा १० दिन सर्‍यो, वैशाख २१ देखि हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ वैशाख, २०८२ मा प्रकाशित
कक्षा १२ को परीक्षा १० दिन सर्‍यो, वैशाख २१ देखि हुने
काठमाडाैं, वैशाख ९ :

कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । यही ११ गतेदेखि सञ्चालन हुने परीक्षा प्रधानमन्त्रीको निर्देशनपछि सारिएको हो । 

परीक्षा १० दिनपछि सारेर वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डका अध्यक्ष शर्मासँग भएको छलफलमा प्रधानमन्त्री केपी ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए । 

अध्यक्ष शर्मासहितको टोली प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर छलफल गरेपछि प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएको र सोही निर्देशनअनुसार बोर्डको बैठक बसेर परीक्षा सारेर वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शर्मा र शिक्षा सचिव दीपक काफ्लेले परीक्षाको विषय  प्रधानमन्त्रीलाई जानकारी गराउन र राय सुझाव लिन साँझ बालुवाटार पुगेका थिए ।

 निजामती कर्मचारीले पनि परीक्षामा सहयोग नगर्ने र शिक्षकबिना परीक्षा सञ्चालन गर्ने निर्णय बिबादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए ।

मंगलबार बिहान बसेको बोर्ड बैठकले शिक्षकलाई परीक्षामा सहभागी हुन आग्रह गर्दै सहभागी नभए कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।  यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापान एक परीक्षा केन्द्रसहित एक हजार ५९१ परीक्षा केन्द्र गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार