शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स #सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स
समाचार

सातै प्रदेशका डीआईजीहरुलाई काठमाडौं हेडक्वाटर बोलाइयो

सक्रिय न्युज · १ दिन अगाडि प्रकाशित
सातै प्रदेशका डीआईजीहरुलाई काठमाडौं हेडक्वाटर बोलाइयो
काठमाडौं, कात्तिक १२ :

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सातै प्रदेशका डीआईजीहरुलाई काठमाडौं हेडक्वाटर बोलाएका छन् ।

सरकारले प्रहरी प्रमुख सहित केही उच्च अधिकारीलाई पदमुक्त गर्ने चर्चा चुलिएसँगै प्रहरी हेडक्वार्टरले उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका एआईजीसहित सातवटै प्रदेशका प्रमुखको जिम्मेवारीमा रहेका डीआईजीलाई नक्सालस्थित प्रहरी हेडक्वार्टरमा बोलाएको छ ।

पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठकमा सहभागिताका लागि  भन्दै कार्कीले डीआईजीहरुलाई  हेडक्वाटर बोलाएका हुन् । पीसीसीमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर डीआईजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन ।तर संगठनको चेनअफ कमाण्ड र शान्तिसुरक्षा व्यवस्थापनका गम्भीर विषयहरु नै प्रभावित हुने गरी मिडिया ट्रायल हुन थालेपछि त्यसले पार्ने असरबारे ठोस नीति तय गर्न उपत्यकासहित प्रदेशका प्रहरी प्रमुखलाई हेडक्वार्टरमा झिकाईको स्रोतको भनाई छ  ।

डीआईजीहरुलाई हिजो नै आउन भनिएको थियो । त्यसअनुसार केही आइसकेको र केही आउँदै गरेको प्रहरी उच्च स्रोतको भनाई छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार