दिपायल, वैशाख १० :

भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका १, गोल्डेनमा खाद्यान्न बोकेको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुप.प्र.०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक आज (बुधबार) बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो ।

मृतक दुई जनाको परिचय खुल्न बाँकी रहेको शर्माले जानकारी दिए ।