
मेष : बौद्धिक क्षमता बढ्ने । प्रेम प्रसंगमा रमाउन चाहनेका लागि समयले साथ दिनेछ ।
वृष : यात्रा गर्ने अवसर मिल्नेछ । रमाइलो जमघटका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ ।
मिथुन : विद्यार्थीहरुको तर्कशक्तिमा वृद्धि हुनेछ । युवावर्गलाई उच्च शिक्षामा सफलता मिल्नेछ ।
कर्कट : समाजमा गुमेको स्थान प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ ।
सिंह : दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ ।
कन्या : टाढाका साथीसँग सम्पर्क बढ्नेछ । अपिरिचित व्यक्तिले पनि कुनै काममा साथ दिनेछन् ।
तुला : पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ ।
वृश्चिक : कला-साहित्यमा रुचि बढ्नेछ । नोकरीमा बढुवा हुने योग छ ।
धनु : शत्रु परास्त हुनेछन् । मिहिनेतले प्रतिस्पर्धाको दौडमा सफलता दिलाउनेछ ।
मकर : नयाँ जिम्मेवारी प्राप्त हुनेछ । कार्यक्षेत्रमा पदोन्नतिका योग छन् ।
कुम्भ : सानो प्रयासले जीवनशैलीमा सकारात्मक परिवर्तन आउनेछ । व्यवसाय गर्न उपयुक्त समयको प्रतीक्षा गर्नुहोला ।
मीन : नयाँ कामको प्रस्ताव आउनेछ । घरपरिवारमा अग्रजहरूको सहयोग मिल्नेछ ।