साताको चौथो कारोबार दिन आज (बुधबार) सेयर बजार ३२.३८ अंकले घटेर २६५५.९४ को विन्दुमा बन्द भएको छ ।
आजको दिनमा ३०८ कम्पनीका एक करोड ८४ लाख ७७ हजार ७ सय ३ कित्ता सेयर किनबेच भए । जसमा सात अर्ब ५७ करोड ५५ लाख १७ हजार २ सय ४६ रुपैयाँबराबर कारोबार भएको छ ।
राधी विद्युत् कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । राधीको ५८ करोड ४२ लाख १४ हजार ३८७ रुपैयाँ बराबरको कारोबार भयो ।
आजको दिनमा २८ कम्पनीको सेयर मूल्य बढ्दा २१७ कम्पनीको सेयर मूल्य घटे । एउटा कम्पनी अर्थात् बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्य भने स्थिर रह्यो । नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी पहिलो छ । बढी गुमाउने कम्पनीको सूचीमा कर्पोरेट डेभलपमेन्ट बैंक अगाडि रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।