बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ वैशाख, २०८२ मा प्रकाशित
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक
काठमाडौं, वैशाख ११ :

नेकपा माओवादी केन्द्रको संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ ।

बैठकमा भोलि (शुक्रबार) देखि सुरु हुन लागेको संसद्‌को बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको छ ।

साथै, संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा विधेयकलगायत महत्त्वपूर्ण विधेयकमा संसद्‌मा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार