काठमाडौं, वैशाख ११ :

काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुंगेअड्डामा बिहीबार (आज)  दिउँसो गुडिरहेको बसमा अचानक आगलागी भएको छ।

बा.प्र.०३–०१–००५ ख ९७८६ नम्बरको उक्त बस थानकोटतर्फ जाँदै गर्दा इन्जिनको भागबाट आगो सल्किएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको बताइएको छ।

बसमा आगो लागेपछि यात्रुहरूले समयमै झरेर ज्यान जोगाएका छन्। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ। तर, आगोले गर्दा बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

आगलागीपछि चन्द्रागिरी नगरपालिकाको दमकल टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।