
अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सम्हालिँदै २.०८ अंकले बढेको छ । योसँगै नेप्से परिसूचक २,६५८.०२ विन्दुमा कायम छ ।
बिहीबार ३०८ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भए । जसकारण सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २ सय ६८ रुपैयाँ बराबर कारोबार भयो ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै ३० करोड रुपैयाँले बढेको छ । अघिल्लो दिन अर्थात् बुधबार ७ अर्ब ५७ करोडको कारोबार भएको थियो ।
आजको दिनमा ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो । युनिलिभर नेपाल लिमिटेडको मात्र सेयरमूल्य स्थिर रह्यो ।
बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ७.१२ प्रतिशत घट्यो । ङादी ग्रुप पावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७० करोड ३४ लाख ९५ हजार ६८६ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३९ रुपैयाँ पुगेको छ ।