काठमाडौं, वैशाख ११ :

वाइवाइ चाउचाउले थोक विक्रेताहरुलाई लक्षित गर्दै सञ्चालन गरेको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी कार जित्न सफल भएका छन् ।

तिवारीलाई वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले ललितपुरमा आयोजित विशेष कार्यक्रममा कार हस्तान्तरण गरे । काठमाडौं, भक्तपुर र ललितपुरका थोक विक्रेतालाई लक्षित गर्दै सञ्चालन गरिएको उपहार योजनाअन्तर्गत प्रत्येक ५० कार्टुन वाइवाइ चाउचाउ खरिद गर्दा थोक विक्रेताहरुलाई पहेँलो कुपन र ५०० कार्टुन खरिद गर्दा हरियो कुपन प्रदान गरिएको थियो ।

जसबाट थोक विक्रेताहरुले लक्की ड्रमा समाबेस हुने अवसर प्राप्त गरेका थिए । लक्की ड्रमार्फत भाग्यशाली थोक विक्रेताहरुले नेटा भी गाडी, हिरो एक्सपल्स मोटरसाइकल, एलजी टेलिभिजन, एलजी फ्रिज, शाश्वतधाम घुम्ने प्याकेज, स्मार्ट वाचजस्ता उपहार जित्न सक्ने वाइवाइले घोषणा गरेको थियो ।

नेटा भी कार जितेको खुसी साट्दै तिवारीले भने, ‘वाइवाइ अहिले प्रत्येक नेपालीको पहिलो रुचिको चाउचाउ बनिसकेको छ । यो पुरस्कारप्रति म निकै आभारी छु । यस्तो हौसलाले थोक विक्रेताहरुलाई अझै प्रेरित गर्छ ।’

योजनाअन्तर्गत काठमाडौंको केएबी  स्टोर, राम एन्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्ज्वल स्टोर र ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन् । त्यस्तै, उपत्यकाका ५ थोक विक्रेताले ५५ इन्चको एलजी टीभी, १० थोक विक्रेताले एलजीको फ्रिज, ५० जनाले शाश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन् ।

कार्यक्रममा वाइवाइका सीईओ पुडासैनीले वाइवाइको सफलताको श्रेय नेपाली उपभोक्ताको वाइवाइप्रतिको माया र वितरण सञ्जालमा संलग्न सबै साझेदारलाई जाने बताए । ‘हामी वाइवाइमा ग्राहक, थोक विक्रेता र खुद्रा विक्रेताप्रति प्रतिबद्ध छौं । गुणस्तरीय उत्पादनमा निरन्तर ध्यान दिने र उपभोक्ताको आकांक्षा सम्बोधन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।