
मेष : प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ ।
वृष : मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । स्वास्थ्य सबल रहनेछ ।
मिथुन : सहयोगीहरूले हिम्मत दिलाउनेछन् । नोकरीमा बढुवा हुने योग छ ।
कर्कट : भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । घरपरिवारमा अग्रजहरूको सहयोग मिल्नेछ ।
सिंह : मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
कन्या : प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । आफन्तजनसँग सम्पर्क बढ्नेछ ।
तुला : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ ।
वृश्चिक : आश मारेको नतिजासमेत सकारात्मक हुन सक्छ । पहिलेको सफलताले हौसला जगाउनेछ ।
धनु : गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।
मकर : नयाँ कामको प्रस्ताव आउनेछ । सामाजिक दायित्व बढ्नेछ।
कुम्भ : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । बुद्धिको उपयोगले धन आर्जन हुनेछ ।
मीन : शत्रु परास्त हुनेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ ।