आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार गण्डकी प्रदेश

बारपाकमा भूकम्पको क्षति र पुनर्निर्माण झल्काउने फोटो प्रदर्शनी [तस्बिरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ वैशाख, २०८२ मा प्रकाशित
बारपाकमा भूकम्पको क्षति र पुनर्निर्माण झल्काउने फोटो प्रदर्शनी [तस्बिरसहित]
सबै तस्बिर : माओवादी अध्यक्ष दाहालको सचिवालय
गोरखा, वैशाख १२ :

गोरखाको बारपाक-सुलिकोट गाउँपालिकाले दशौं भूकम्प स्मृति दिवसमा विविध कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुगेका छन् ।

समारोह कार्यक्रमको शुभारम्भ भूकम्पले विभत्स क्षति पुर्‍याएको ठीक ११:५६ बजेको समयमा मौनधारणा गरियो । भूकम्पमा ज्यान गुमाएका सबैको सम्झनामा उपस्थित सबैले एकसाथ मौनधारण गरेका थिए ।

त्यसअघि अध्यक्ष दाहालले ‘क्षति र पुनर्निर्माण’ झल्काउने फोटो प्रदर्शनी उद्घाटन गरेका छन् । फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सिनाले खिचेका तस्बिरहरु प्रदर्शनीमा राखिएका छन् ।

प्रमुख अतिथिका रुपमा  पुगेका माओवादी अध्यक्ष दाहालले तस्बिर प्रदर्शनीको सुरुवात गर्नुका साथै तस्बिरहरुलाई चाखलिएर अवलोकन गरेका थिए । ‘प्रदर्शनीमा २०७२ वैशाख १२ गतेको भूकम्पले पुर्‍याएको विनाश, राहत कार्य, अस्थायी आवास तथा दिगो पुनर्निर्माणका पहलहरू समेटिएका छन्,’ फोटो पत्रकार तिमिल्सिनाले जनाए ।

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार