
मेष : नयाँ जिम्मेवारी प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ ।
वृष : प्रेमीबाट विशेष सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
मिथुन : कार्यरत संस्थाबाट सफलता मिल्ने योग छ । साथीहरुसँग घुम्ने अवसर मिल्नेछ ।
कर्कट : मनमा हर्ष र उमंग छाउला । स्वादिष्ट भोजनको आनन्द पाइएला ।
सिंह : प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला ।
कन्या : नोकरीबाट मानसम्मान मिल्नेछ । यात्रा लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।
तुला : पदोन्नतिको सम्भावना छ । समाजसेवातर्फ मन लाग्नेछ ।
वृश्चिक : पारिवारिक भेटघाटमा रमाइनेछ । व्यापारमा फाइदा बढ्नेछ ।
धनु : परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । टाढाका साथीसँग सम्पर्क बढ्नेछ ।
मकर : आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । वैदेशिक कार्यमा सहजता होला ।
कुम्भ : कुनै कुराले मनमा शान्ति छाउनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।
मीन : स्वास्थ्य सबल रहनेछ । रमाइलो जमघटका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ ।