बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिष्कर्ष टुंगियो

अर्को बैठक कहिले बस्ने भन्ने टुंगो पनि बैठकले गरेन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ वैशाख, २०८२ मा प्रकाशित
सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता बिनानिष्कर्ष टुंगियो
काठमाण्डौं, वैशाख १३ :

सरकार र आन्दोलनरत शिक्षकबीच भएको आजको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको बताए ।

अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो पनि बैठकले गरेको छैन । छलफलपछि बाहिरिँदै अध्यक्ष सुवेदीले पत्रकारहरुसँग भने, ‘शिक्षक महासंघ आन्दोलनमा छ । मन्त्रीको उपस्थितिमा छलफल भयो । छलफललाई निरन्तरता दिने सहमति भयो । अर्को बैठक कहिले बस्ने भन्ने भएको छैन । छलफलबाट तय हुनेछ ।’

आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा  बैठक बसेको थियो । सरकार र आन्दोलनरत शिक्षकबीच छलफल र संवाद जारी राख्ने  सहमति भएको छ । 

यसैगरी शिक्षकहरुले आफ्नो आन्दोलनलाई पनि निरन्तरता दिने बताएका छन् ।

तत्काल नयाँ शिक्षा ऐन ल्याउनुपर्ने प्रमुख मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरिका शिक्षक काठमाडौंमा २५ दिनदेखि आन्दोलनमा छन् ।

शिक्षक आन्दोलनकै कारण विद्यार्थी भर्ना अभियानसहित विद्यालय तहका सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ । वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार