काठमाडौं, वैशाख १४ :

 

मेष : आकस्मिक धनलाभ हुनेछ । रमाइलो जमघटका साथै स्वादिष्ट भोजन प्राप्त हुनेछ ।

वृष : अरूलाई प्रभावित पारेर काम बन्नेछ । धन आर्जनका नयाँ स्रोत भेटिनेछन् ।

मिथुन : शुभ समाचार सुन्न पाइएला । मनमा शान्ति छाउनेछ ।

कर्कट : पारिवारिक सुख प्राप्त हुनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

सिंह : व्यावसायिक लाभ हासिल हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कन्या : अधुरो कार्यले पूर्णता पाउनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

तुला : सहयोगीहरूले साथ दिनेछन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिन्छ ।

वृश्चिक : आफन्तजनको सहयोग मिल्नेछ । स्वास्थ्य सबल रहनेछ ।

धनु : रोकिएका काम आरम्भ हुनेछन् । धर्मकर्ममा रुचि बढ्नेछ ।

मकर : नयाँ काम सुरु गर्ने समय आएको छ । विशिष्ट व्यक्तिसँगको भेटघाटले मन खुसी हुनेछ ।

कुम्भ : परिवारिक खुसीका लागि केही खर्च हुन सक्छ । रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ ।

मीन :  मनमा शान्ति छाउला । काममा सोचेजस्तै सफलता मिल्नेछ ।