काठमाडौं, वैशाख १३ :
सरकारले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेकपा एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै १९ गते नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिए ।
‘१९ गते नीति तथा कार्यक्रम हामी पेस गर्छौँ,’ उनले भने,‘२० गते हामी संसदीय दलको बैठक बस्छौँ । त्यसदिन हामी १९ गते पेस भएको नीति तथा कार्यक्रम सम्बन्धमा दलका नेताहरु र विज्ञहरुसमेतबाट पनि फिडब्याक लिन्छौँ ।’
नीति तथा कार्यक्रमअनुसारै सरकारले बजेट बनाउने गर्छ । प्रत्येक वर्ष जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिने संवैधानिक व्यवस्था छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने